शिवसँग ॐको सम्बन्ध

शिवसँग ॐको सम्बन्ध
सुन्नुहोस्

ब्रह्माण्डसम्बन्धी कार्यमा सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह पर्छन्। ब्रह्माण्ड अर्थात् संसारको संरक्षण गर्ने कार्य भनेकै भगवान् शिवको हो। सृष्टिपछि विनाश हुन्छ, जसलाई संहार भनिन्छ। जीवात्माको प्राण तिरोभाव हो। यी सबैबाट छुटकारा मिल्नु अनुग्रह हो। यसैलाई मोक्ष भनिन्छ। त्यो मोक्ष भगवान् शिवबाटै नै प्राप्त हुन्छ। त्यसैले भनिन्छ– ॐ नमः शिवाय !

वरदायी देवाधीदेव साक्षात् भगवान् शंकर (शिव)को वाचक मन्त्र नै ॐ नमः शिवायलाई मानिएको छ। ॐ कारसहितका ७ करोड अरू सबै मन्त्र त्यही पञ्चाक्षरी मन्त्रमै विलिन हुन्छन् र फेरि त्यसैबाट निस्कन्छन्। अन्य मन्त्रभन्दा यो ॐ नमः शिवाय मन्त्र सर्वाधिक शक्तिशाली मानिन्छ। सबैको रक्षा गर्न, सबैको कल्याण गर्न यो मन्त्र समर्थ छ भन्ने कुरा श्री शिवमहापुराणको सातौं वायवीयसंहिताअन्तर्गत पूर्व खण्डमा उपमन्युको तपस्या वर्णनक्रममा उल्लेख गरिएको पाइन्छ।

त्यसकारण पनि सबैले शिव पञ्चाक्ष्।र मन्त्रको जापमा तत्पर हुनु र मोक्ष प्राप्ति गर्नु नै पर्छ। तब मात्र जन्म लिएको सार्थक हुन्छ। शिव भगवान् पशुपतिनाथका नामले पनि प्रसिद्ध हुनुहुन्छ। जसका पाँच मुख छन्। चार दिशामा चार मुख छन्। पाँचांै मुख यी सबैको बीचमा छ। पञ्चमुखी शिवजीको प्रार्थना गरेर नै ब्रह्मा र विष्णुले सृष्टि र पालनाको अभिभारा लिएको पाइन्छ। रुद्र र महेश्वर शिवको दुई विभूति स्वरूप हो। ॐ कार वाचक हो। शिवजी वाच्य हुन्, ॐ शिव स्वरूप हुन्।

हरेक दिन ॐ स्मरण गर्नाले मानिसहरू शिव शक्ति प्राप्त गर्न सक्छन् भन्ने मान्यता छ। मानिस कल्याणमयी हुन्छन्। अनि भनिन्छ– सर्व कल्याणम् भवन्तु। मानिसको उदारभाव नै शिव कृपा हो। त्यो शिव प्राप्त भएपछि मानिसमा क्रोध, लोभ, रिस, वैमनश्यता स्वतः हटेर जान्छ। अब शिवको पाँच मुखको बारेमा बुझौं। उत्तर मुखले अ कार, पश्चिम मुखले उ कार, दक्षिण मुखले म कार, पूर्व मुखले ॐ कार र बीचको मुखले नादको संकेत दिन्छन्। 

जसलाई स्वर भनिन्छ।

शिवको स्वरूप नै ॐ कार हो। अ, उ, म र बिन्दु तथा नाद स्वरबाट नै यो संसार जगत् सञ्चालित छ। ॐ एकक्षर प्रणव मन्त्र भनिन्छ। यो मन्त्रले शक्ति र शिव दुवैको संकेत गर्दछ। जीव र जगत् ईश्वर नश्वर सबै ॐ भित्र नै छन्। यी मन्त्रहरू कार्य सिद्घिका लागि प्रयोग हुन्छन्। मानिसको मनोरथ पूर्ति मन्त्रबाट नै हुन्छ। जीवात्माका आआफ्ना मनोरथहरू हुन्छन्। ती मनोरथ पनि दुई थरीका हुन्छन्– भुक्ति र मुक्ति। इहलौकिक सुख आनन्द भुक्ति हो भने मृत्युपछि भव र बन्धनबाट छुट्ने कार्य मुक्ति हो। जसलाई हामी मोक्ष भन्दछौं। त्यो मोक्ष प्राप्त गर्न शिवत्व नै चाहिन्छ।

त्यसैले भन्नै पर्दछ– ॐ नमः शिवाय ! 

शिव सबैका आत्मा हुन् ! शिव ब्रह्म हुन् ! जसको शक्ति अनन्त छ। भगवान् शिव सद्गुरु पनि हुन्। त्यसैले उनलाई शम्भु पनि भनिन्छ। शून्य नै शिव हो। हरेक चिज शून्यबाट नै आउँछ र शून्यमै समाहित हुन्छ। त्यही नै शिवत्व हो। शून्यमै समर्पित नगरी कुनै जीवात्माको अर्को कुनै विकल्प छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.