यातायातमा अनलाइन सिस्टम : सचेतना आवश्यक

यातायातमा अनलाइन सिस्टम : सचेतना आवश्यक
फाइल तस्बिर।
सुन्नुहोस्

बागमती प्रदेश सरकारले आफ्ना मातहतका सबै यातायात कार्यालयका कामलाई अनलाइन सिस्टममा लगिसकेको छ। यसले सेवा प्रभाव र सुशासन कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। अब सिस्टम प्रयोग गरे सेवा लिन कार्यालयमै आउनुपर्दैन। सचेतना वा जानकारीको कमिले होला १ सय जनामध्ये २० जनाले मात्रै अनलाइनबाट सेवा लिन्छन्।

पटके, कर भुक्तानी, यातायात नवीकरण, लाइसेन्सको नवीकरणजस्ता सबै कामहरू अनलाइनबाटै भइरहेको छ। मेडिकल जाँच र बायोमेट्रिक दिन मात्रै कार्यालयमा आउनुपर्छ। सेवाग्राहीले बुझ्न नसकेर हो वा अभ्यास गर्न नजानेर अधिकांश सेवाग्राही कार्यालयमै आएर सेवा लिन्छन्। अनलाइन सेवा प्रतिविश्वस्त नभएर पनि होला, रसिद हातमा लिने बानी परेरै होला, नत्र कार्यालयमा आएर सेवा लिनुपर्ने बाध्यता छैन। घरबाटै अनलाइनमार्फत सरकारी सुविधा लिन सक्ने अवस्था आइसक्यो। सरकारले सचेतना कार्यक्रम ल्याएर अनलाइन सिस्टमप्रति विश्वस्त र अभ्यास गर्न सिकाउनुपर्ने आवश्यकता छ।

पहिला जस्तो भीडभाड अनि बिचौलियाको बिगबिगी हुने अवस्था छैन। सेवामा धेरै सुधार भयो। सिस्टमले समयको बचत अनि थोरै कर्मचारीबाट धेरै काम गर्न सक्ने अवस्था आयो। सुरक्षाको हिसाबले सिस्टम राम्रो र भरपर्दो छ। अब विस्तारै सबै अनलाइनमै जानुको विकल्प छैन। अब सिस्टम कार्यान्वयनको पाटोमा सरकारले ध्यान दिनुपर्छ। 

(बस्नेत, यातायात व्यवस्था कार्यालय राधे राधे, भक्तपुरका कार्यालय प्रमुख हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.