जनता समाजवादीले भन्यो- अवैधानिक निवेदनको आधारमा दल विभाजन हुँदैन

जनता समाजवादीले भन्यो- अवैधानिक निवेदनको आधारमा दल विभाजन हुँदैन

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ। अशोक राईले ७ जना सांसदसहित आइतबार निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएपछि जनता समाजवादीले विज्ञप्ति जारी गर्दै सो कुरा स्पष्ट पारेको हो।

पार्टी प्रवक्ता मनिष सुमनले सञ्चार माध्यममा पार्टी विभाजनसम्बन्धी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले पार्टीका बहुमत केन्द्रीय सदस्यहरू एकसाथ रहेको दाबीसमेत गरेका छन्।

'संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था छैन,' उनले विज्ञप्तिमा भनेका छन्। उनले पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य र नेता-कार्यकर्तालाई भ्रममा नपर्न र पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। 

आइतबार राई नेतृत्वमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसदले आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएका थिए। उनीहरूले जनता समाजवादी पार्टी नेपालबाट 'नेपाल' शब्द हटाएर जनता समाजवादी पार्टी (जसपा) नामको दल दर्ताका लागि निवेदन दिएको सांसदसमेत रहेका प्रदीप यादवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.