इजरायली सेनाले फेला पार्यो हमासले बन्धक बनाएका तीनजनाको शव

हमासले निर्वस्त्र पारेर गाजाका गल्लीमा घुमाएकी युवतीको शव पनि समावेश

इजरायली सेनाले फेला पार्यो हमासले बन्धक बनाएका तीनजनाको शव
सुन्नुहोस्

इजरायली सेनाले हमासले बन्धक बनाएका तीन जनाको शव फेला पारेको छ जसमा हमासले निर्वस्त्र पारेर गाजाको गल्लीमा घुमाएको २२ वर्षीया युवती शनि लुकेको शवको पनि समावेश छ। उनको टाउको  सेनाले ७ महिनाअघि फेला परेको थियो।

 
सार्वजनिक भएको फुटेजमा लडाकुहरू ट्रकमा शव बोकेर हिँडिरहेका देखिन्छन्।  
 
२२ वर्षीय शनि ६ अक्टोबर २०२३ मा आयोजित नोभा म्युजिक फेस्टिभलमा सहभागी हुन आएकी थिइन्। सो स्थानमा ७ अक्टोबरको बिहान, हमासका लडाकुहरूले आक्रमण र गोलीबारी गरे।

समाचार एजेन्सी एपीका अनुसार अन्य दुई शव २८ वर्षीय अमित बुस्किला र ५६ वर्षीय इत्जाक गेलेर्न्टरको रूपमा पहिचान गरिएको छ। तीनै जना आफ्नो ज्यान जोगाउन म्युजिक फेस्टिभबाट भागेका थिए तर हमास लडाकुहरूले समातेर मारेका थिए।
 
मार्च २०२४ मा, शनि लुकको हत्या गरी उनको नग्न शरीर गाजाको सडकमा परेड गरिएको घटनाको फोटोले वर्षको फोटो अवार्ड प्राप्त गरेको थियो। सो अवार्डलाई लिएर सामाजिक सञ्जालमा विवाद भएको थियो।

तस्वीरमा यहूदी महिला शनि लुकको नग्न शरीर र हमास लडाकु देखिन्छ। यो फोटो न्यूज एजेन्सी एपीका फोटोग्राफरले खिचेका हुन्। मानिसहरूले उक्त अवार्डले यहूदीहरूको अपमान गरेको बताएका छन्।

इजरायली सेनाले गाजाको कुन क्षेत्रमा शव फेला परेको आधिकारिक रुपमा भने बताएको छैन। अहिले रफाह क्षेत्रमा सेनाले आक्रमण गरिरहेको छ। सेनाले रफाह क्षेत्रमा बन्धकहरूलाई कब्जामा लिएको सूचना प्राप्त भएको बताएको छ। उनीहरुको उद्दारका लागि सो क्षेत्रमा अभियान चलिरहेको छ।

अक्टोबर ७ मा भएको आक्रमणमा २५३ जनालाई बन्धक बनाइएको थियो। तीमध्ये करिब १३० इजरायली नागरिक अझै हमासको बन्दीमा छन्। नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविराम थियो। यस क्रममा धेरै बन्धकहरूलाई रिहा गरियो। त्यसयता युद्धविरामका लागि विभिन्न प्रयासहरु भए पनि सफलता भने पाउन सकेको छैन। दैनिक भास्कर
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.