हरियाणामा भक्तजन चढेको बसमा आगलागी : १० जनाको मृ्त्यु, २५ घाइते

हरियाणामा भक्तजन चढेको बसमा आगलागी : १० जनाको मृ्त्यु, २५ घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हरियाणा : हरियाणाको कुण्डली–मानेसर–पलवल द्रुतमार्गको नुहको तावडुमा श्रद्धालुहरुले भरिएको बसमा आगजनी भएको छ ।  शुक्रबार राती करिब १:३० बजे आगलागी भएको हो।

दुर्घटनामा ८ भक्तजनको घटनास्थलमै मृत्यु भएको थियो । अन्य २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै २५ जनाभन्दा बढी मानिस जलेर घाइते भएका छन् । 

मथुरा-वृन्दावनबाट भक्तहरू फर्किरहेका थिए

घाइतेहरुका अनुसार बसमा ६० जना सवार थिए । उनीहरु सबै पञ्जाब–चण्डीगढका मानिसका आफन्त र बासिन्दा हुन् । उनीहरु दर्शन गरेर मथुरा-वृन्दावनबाट फर्कंदै थिए। गुडिरहेको बसमा आगो देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । 

घाइतेहरुलाई हाल विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.