प्रधानमन्त्रीलाई सभामुखले भने- अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गर्दैन, भोलिसम्म सहमति गर्नुस्

प्रधानमन्त्रीलाई सभामुखले भने- अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गर्दैन, भोलिसम्म सहमति गर्नुस्

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि बैठक अगावै सहमति गर्न आग्रह गरेका छन्। उनले संसद बैठक अगावै सहमति गर्न आग्रह गरेका हुन्। भोलि ११ बजे संसद बैठक बस्दैछ।

'प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्। म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्,' सभामुखले प्रधानमन्त्री दाहाललाई भने।

नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश नजाने सभामुख घिमिरेको भनाइ छ। उनले अध्यादेशबाट बजेट नल्याउन पनि आग्रह गरेका छन्। 

'सार्वजनिक सञ्चारमाध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन। अध्यादेशबाट बजेट ल्याउने, कानुन ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.