सहिद भीमनारायण गोल्डकपको उद्घाटन खेल वर्षाले प्रभावित

सहिद भीमनारायण गोल्डकपको उद्घाटन खेल वर्षाले प्रभावित
सुन्नुहोस्

धनकुटा : धनकुटामा आजदेखि सुरु भएको १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल वर्षाले प्रभावित बनेको छ। 

उद्घाटन खेल एपिएफ काठमाडौं र मोरङको चारतारे क्लब बीच भइरहँदा लगातारको वर्षाले दुई पटक खेल प्रभावित बनेको थियो। पहिलो हाफपछि दोस्रो हाफ सञ्चालन गर्ने क्रममा अत्यधिक वर्षा भएपछि खेल स्थगित गरिएको प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए। स्थगित गरिएको दोस्रो हाफको खेल भोलि बिहान १० बजे हुने उनको भनाइ छ। 
भारी वर्षाले खेलमैदान जलमग्न भएको छ। 

खेलमा मोरङको चारतारे क्लब माथि एपिएफ क्लबले १–० गोलको अग्रता लिएको छ  खेल सुरु भएको पहिलो मिनेटमै सुमन श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। गोल्डकपको विजेताले नगद ५ लाख रुपैयाँ सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ। हरेक खेलमा म्यान अफ दी म्याचको व्यवस्था छ। सर्वोत्कृष्ट सहित विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ। 

प्रतियोगितामा आयोजक टिम सहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी क्लब, नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी क्लब, सिराहाको सलहेश युवा क्लब, मोरङको चारतारे युवा क्लब, इटहरीको राष्ट्रिय जागृति क्लब, झापाको विर्तामोड युनाइटेड क्लब गरी आठ टिमको सहभागिता रहेको छ। 

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन। २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.