दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको राउतबेंसी खोलामा शनिबार भएको दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दुप्चेश्वर-३ राउतबेशीकी ४० वर्षिया रुप्सानी तामाङ रहेकी छन्। 

दुप्चेश्वर –४, पुरगाउँबाट समुन्द्रटारतर्फ जाँदै गरेको बा२ख ६३८१ नम्बरको बसले राउतबेशी खोला मोटरपुल नजिकै ढलान सडकको उकालो मोडमा विपरीत दिशाबाट आइरहेको बाप्र ०२०२प४८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
 

दुर्घटनामा गम्भीर घाइते भएकी रुप्सानी र मोटरसाइकल चालक उनका पति ४३ वर्षीय अस्कर तामाङ गम्भीर घाइते भएकोमा उद्धार गरि उपचारका लागि काठमाडौं लगिएको थियो। 

इलाका प्रहरी कार्यालय खरानीटारले चालकलाई नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.