सन्दीप लामिछानेको प्रतिक्रिया- म निर्दोष छु भनिरहेँ, तर मलाई फसाएँ

सन्दीप लामिछानेको प्रतिक्रिया- म निर्दोष छु भनिरहेँ, तर मलाई फसाएँ
समर्थकबीच प्रतिक्रिया दिँदै क्रिकेटर सन्दीप लामिछाने। तस्बिर : अभिषेक महर्जन

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले समर्थकहरूप्रति आभार प्रकट गरे।

आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए। 'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,' उनले भने।

उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।

उनले काँधमा नेपालको झन्डा राख्दै नेपाली क्रिकेटलाई झन् माथि पुर्‍याउने प्रतिवद्धता गरे। 'नेपाली क्रिकेटलाई जहाँ पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउँछु,' उनले भने।

सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरेले सन्दीप लामिछानेलाई कप्तानीसहितको जिम्मेवारी दिनुपर्ने बताएका थिए। 

null 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.