पावर फिटनेस जिल्ला लिगको फाइनलमा प्रवेश

पावर फिटनेस जिल्ला लिगको फाइनलमा प्रवेश
सुन्नुहोस्

बागलुङ : बागलुङ जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेस क्लब फाइनलमा प्रवेश गरेको छ। पावर फिटनेसले शुक्रबार रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 

शुक्रबारको जितसँगै पावर फिटनेसले तीन खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंकसहित समूह ‘क’को शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गर्‍यो।

पावर फिटनेसको फाइनल यात्राका लागि खेलको २७ औं मिनेटमा वरदान थापाले गोल गर्दै अग्रता दिलाएका थिए। टिटश विकले ५८ औं मिनेटमा गोल गर्दै फाइनल यात्रा सुनिश्चित गरेका थिए। पावर फिटनेसले आगामी आइतबार हुने फाइनल खेलमा समूह ‘ख’को शीर्ष स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

यस्तै शुक्रबार नै भएको समूह ‘क’को खेलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)ले कालिका भगवती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ। बागलुङ कालिकाको जितका लागि खेलको ३० औं मिनेटमा अर्जुन खत्रीले गोल गरेका थिए भने मनिक श्रेष्ठले खेलको ३२ औं र अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरेका थिए। यस्तै ३५ औं मिनेटमा पुकार फगामीले गोल गरे। 

कालिका भगवतीका लागि खेलको ३७ औं र ५६ औं मिनेटमा रोशन लामिछानेले दुई गोल गरेका थिए। बागलुङ कालिकाले तीन खेलमा दुई जित र एक हार सहित ६ अंकको साथ समूह ‘क’को दोस्रो स्थानमा रहेको छ भने कालिका भगवती युवा क्लब दुई हार र एक बराबरी सहित १ अंकको साथ समूहको पुछारमा रह्यो। 

शनिबार लिगको समूह ‘ख’का अन्तिम दुई खेल हुनेछन्। शनिबार समूह ‘ख’को शीर्ष स्थानमा रहेको बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ)ले रेलिगेशन जोनमा रहेको रामरेखा फुटबल क्लबसँग खेल्नेछ। चिल्ड्रेन लाइफले जित वा बराबरी खेलेमा फाइनल प्रवेश गर्नेछ। दुई खेलमा नमिठो हार व्यहोरेको रामरेखाले रेलिगेशनबाट जोगिन जित्नुपर्ने बाध्यतामा रहेको छ। यस्तै शनिबार समूह ‘ख’को अन्तिम खेल गुठी युनाइटेड क्लब र वीर गोर्खाली युवा क्लबबीच हुनेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.