‘उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको हो’
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको नेताहरुले दाबी गरेका छन्। अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको बताउँदै जसपा सांसद प्रदीप यादवले अध्यक्ष यादवको कार्यशैली ठिक नरहेको र सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर गरेपछि छुट्टै पार्टी दर्ता गर्न निवेदन दिएको जानकारी दिए।
जनता समाजवादी पार्टीसँग हाल संघीय संसदमा १२ जना सांसद छन्। उनका अनु्सार ९ जना सांसद नयाँ पार्टीको पक्षमा छन्। आफूहरुले जसपा फुटाएर छुट्टै दल बनाएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको उनले बताए।
आयोगमा दिएको निवेदनमा अध्यक्ष राईसहित वीरेन्द्र महतो,प्रदीप यादव, नवलकिशोर साह सुडी (हाल वनमन्त्री),सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर, मृगेन्द्र सिंह यादव (राष्ट्रिय सभा)को हस्ताक्षर रहेको छ।