दल विभाजन

जसपा नेपाल फुट्यो, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

जसपा नेपाल फुट्यो, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेका छन्।

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल दल विभाजन भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको नेता प्रदीप यादवले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। 

null

हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेका छन्। राईको पक्षमा ९ जना सांसद उभिएका छन्।

नेता यादवका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ जना सांसदले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएका हुन्।

यादवले भने,‘म र राईसहित रेनु यादव, नवलकिशोर साह सुढी,वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत ९ जना सांसदले आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दर्ता गराएका हौं।’

प्रदीप यादवका अनुसार, नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्तावित गरिएको छ । यसअघि उपेन्द्र यादव अध्यक्ष  रहेको जनता समाजवादी पार्टी नेपालबाट नेपाल भन्ने शब्द हटाएर आफूहरुले जनता समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको सांसद यादवले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.