लिङ्देनको दाबी : विदेशीको दबाब र प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन

लिङ्देनको दाबी : विदेशीको दबाब र प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउँदै सत्ता समीकरण परिवर्तन पनि विदेशीको दवाब र प्रभावका कारण भएको बताएका हुन्।

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनको भनाई छ। लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दवाब आउने गरेको धारणा राखे ।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारबाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे। 

उनले राजनीति गर्ने मान्छेहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.