गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
सुन्नुहोस्

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री अधिकारीले वैशाख आज दिउँसो ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ। उनी एमालेका २२,माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरूङ (दीप मनाङे)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर अदालतले उक्त रिट खारेज गरिदिएको थियो। न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजालसले उक्त रिट खारेज गरेको हो। सर्वोच्चले रिट खारेज गरिदिएपछि आज विश्वासको मत लिन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.