पहुँचमार्ग मर्मतमा जलविद्युत् आयोजनाहरूको बेवास्ता

पहुँचमार्ग मर्मतमा जलविद्युत् आयोजनाहरूको बेवास्ता
सुन्नुहोस्

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदासीनता देखाउँदा दुर्घटनाको जोखिम, धूलो र हिलोको समस्या बढेको छ। 

संसारको सातौं (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरूमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन्।

तिल्केनीचौरदेखि मौवाफाँट–दग्नाम –दर्मीजा–चिमखोला–घ्याँसीखर्क हुँदै सेतिनी भ्यालीसम्म जलविद्युत् आयोजनाहरूले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धूलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको छ। 

जलविद्युत् आयोजनाहरूले सडक मर्मतमा बेवास्ता गरेपछि गाउँपालिकाको केन्द्र मौवाफाँटका बासिन्दाहरूले बिहीबार र शुक्रबार दिनभर जलविद्युत् आयोजनाका सवारीसाधन सञ्चालन गर्न अवरोध गरेका थिए। 

गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा जलविद्युत् आयोजनाहरूले पूर्ववत्प्रतिबद्धताअनुसार सडकलाई ग्राभेलसहित स्तरोन्नति गर्ने र नियमित रूपमा सडकको धूलो कम गर्न पानी हाल्ने काम सुरु गर्ने सहमति भएपछि शनिबार बिहानदेखि सडक सुचारु भएको छ। यसअघि गाउँपालिकासँग जलविद्युत् आयोजनाहरूले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयवासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमति भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधीन छन्। जलविद्युत् आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरू समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पीपले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ, ग्रेडिङ र ग्राभेलसहित सडक स्तरोन्नति गर्ने सहमति भएको छ।

घुमाउनेतालदेखि च्यानडाँडासम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युत्को ठेकेदार जेपी एसोसिएट्स कम्पनीले घुमाउनेतालदेखि झिँ र दग्नाम जाने चोकसम्म तथा रघुगंगा माविको सरसाफ्टसम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। 

त्यसैगरी च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.