२५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको सेयर कारोबार

२५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको सेयर कारोबार
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो। नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। 

यसदिन ३२० स्क्रिप्सको १ करोड १८  लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन २ अर्ब ९५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा कायम भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको हो।

 
कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। पोखरा फाइनान्सको १७ करोडको सेयर कारोबार हुँदा 
गोर्खाज फाइनान्सको १६ करोड,कामना सेवा विकास बैंकको १२ करोड र नेपाल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयस कारोबार भयो।

फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचकमा हरियाली छाएको छ। यसदिन डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक बढेको छ। सो समूहको उपसूचक ४.९० प्रतिशतले बढ्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.