संसद अवरुद्ध गर्दै कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि छानबिन समिति गठन नगरेसम्म बैठक चल्न सक्दैन


काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही हुन्छ कि हुँदैन भन्न प्रश्न गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा सुरुमै विरोध गर्दै कांग्रेसकी सचेतक सुशीला थिङले सहकारीमा बचत गरेको रकम हिनामिना गर्नेलाई सरकारले कारबाही गर्छ कि गर्दैन भन्दै प्रश्न उठाएकी हुन्। 

उनले कांग्रेसको संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको जानकारी दिइन्। उनले यस प्रकरणमा सरकार गैह्र जिम्मेवार नबन्न आग्रह गरिन्।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको थियो। निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको ठहर छ।

कांग्रेस सांसद थिङ बोलेपछि सत्ता पक्षमा सांसदलाई सभामुखले बोल्न समय दिएपछि कांग्रेसले अहिले बैठक अवरुद्ध गरिरहेको छ। कांग्रेसका सांसद संसदीय छानबिन समिति गठनको माग राखिरहेको छ भने सत्ता पक्षका सांसदले निषेध नगर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.