एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा एकीकृत समाजवादीले बार्गेनिङ गरिरहेको बताएका छन्। एमाले संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको बताएका हुन्।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर त्यसको पुष्टि गरेको भन्दै उनी आक्रोशित बने। ओलीले भने,‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रमा भएपनि कदम चाल्यो। आन्तरिक रुपमा बोली व्यवहार, बार्गिनिङ त त्यस्तै खालका छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो। यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने तर कांग्रेस केन्द्रित समिकरणबाट सहकार्य गरेर नागरिक उन्मुक्तिलाई नै समर्थन गरेको छ।’

null

उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको दाबी गरे। ओलीले भने,‘ कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको छ। तर, यसले केहि फरक पार्दैन। हामी अगाडि बढ्नुपर्छ। राष्ट्रिय शक्तिको रुपमा एमालेलाई निर्णायक शक्तिको रुपमा अगाडि बढाउनुपर्छ। मिसन ८४ सफल बनाउनुपर्छ।’

उनले समाजवादको आधार तय गरेर सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यमा पुग्न लागि पर्नुपर्ने बताए। ओलीले मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भएपनि नयाँ समीकरण बनाएको स्पष्ट पारे। उनले कुनै पनि मन्त्रालय महत्वहीन नहुने भएकाले जनतामाझ काम गरेर देखाउनुपर्ने धारणा राखे।

के भएको छ सुदूरपश्चिममा ?

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले फरक‍-फरक दाबी पेस गरेका हुन्।
लक्ष्मण किशोर चौधरीलाई, सत्ता गठबन्धनकै घटक दल नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ। समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफ्नो दलका ४ जनाको समर्थन रहेको भन्दै लक्ष्मण किशोरको दाबीमा हस्ताक्षर गरेका छन्। 

लक्ष्मण किशोरलाई कांग्रेसका १८ जनाको समर्थन छ भनेर संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, ७ जना प्रदेश सभा सदस्यको सहमति छ भनेर नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले हस्ताक्षर गरेका छन्। तर,नागरिक उन्मुक्ति पार्टीभित्र ५ जना र २ जना गरी विभाजित देखिएका छन्। लक्ष्मण किशोर चौधरीसहितका ५ जना रेशमतिर र कैलाश चौधरी सहितका २ जना मात्रै रञ्जितातिर देखिएका छन्। 

मुख्यमन्त्रीका लागि अर्को दाबी नागरिक उन्मुक्तिकै कैलाश चौधरीको परेको छ। उनले  आफ्नो पार्टीका ७, माओवादीका ११, नेकपा एमालेका १० र स्वतन्त्र १ जनाको समर्थन रहेको दाबी पेश गरेका छन्। ५३ सदस्यीय प्रदेशसभामा अहिले ५२ जना प्रदेशसभा सदस्य छन् । बझाङका १ जनाको निधन भएकाले प्रदेश सभामा अहिलेको बहुमत २७ जना हो। मुख्यमन्त्रीका लागि दुईजनाको दाबी पेस भएकाले कसलाई नियुक्त गर्ने विषयमा अन्यौल देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.