प्रतिनिधिसभा बैठक : तीनजना मन्त्रीले जवाफ दिँदै


काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा वन तथा वातावरण मन्त्रालय,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तरगतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ।

यसैगरी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणप्रसाद श्रेष्ठले 'विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि परराष्ट्रमन्त्री श्रेष्ठले विमस्टेक वडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.