प्रतिनिधिसभा बैठक अगाडि कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिनिधिसभा बैठक अगाडि कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीबारे छलफल हुने जनाइएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लाखौं नेपाली नागरिकको बचत अपचलन भएको र त्यसमा बहालवाला मन्त्रीहरूको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको बताए। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने अडान संसद्को मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको छ। नयाँ सत्ता समीकरण बनेर लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ।

सोमबार सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख चार दलसँग छलफल गरेपनि बैठक निष्कर्षबिहीन बनेको थियो। लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले आजपनि प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ।  उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्टममा जानसमेत रोक लगाउने कांग्रेसको तयारी छ।

सत्तारुढ दलले भने नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति नबन्ने स्पष्ट पारेका छन्। हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुने उनीहरुको भनाइ छ।

संसद्मा मंगलबार गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.