‘असंवैधानिक प्रक्रिया’बाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको आग्रह (पत्रसहित)

‘असंवैधानिक प्रक्रिया’बाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको आग्रह (पत्रसहित)
फाइल तस्बिर।

पोखरा : नेपाली कांग्रेस गण्डकीले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न भन्दै प्रदेश प्रमुखलाई अनुरोध गरेको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न भन्दै प्रदेश प्रमुखलाई आग्रह गरेका हुन्। 

उनले गैर संविधानिक दावीका आधारमा मुख्यमन्त्री नियुक्त हुने काम रोक्न माग गरेका छन्। एमाले, माओवादी केन्द्र र एकजना स्वतन्त्र सांसदसमेतको समर्थनका आधारमा बहुमत पुगेको भनी अधिकारीले मुख्यमन्त्रीमा आइतबार दाबी गरेका छन् ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र स्वतन्त्र १ सांसद छन् । कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । माओवादीका एकजना भने सभामुख हुन् । अधिकारीले २२ सांसद, माओवादीका ८ सांसद र एक स्वतन्त्रको समर्थन रहेको दाबीपत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । 

प्रदेश प्रमुख संवैधानिक जिम्मेवारीका साथ पदासिन रहेको र प्रदेश प्रमुख सबैको सम्मानित व्यक्तित्व रहे भएको व्यहोरा स्मरण गराइहनु नपर्ने उल्लेख गर्दै कांग्रेस गण्डकी संसदीय दलले प्रदेश प्रमुखलाई पत्र लेखेको छ । 

के छ पत्रमा ?

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.