तीन वटा प्रदेशका प्रमुख पदमुक्त, सुमित्रा, डिल्लीराज र नजिर मियाँलाई सिफारिस गर्ने सरकारको निर्णय

तीन वटा प्रदेशका प्रमुख पदमुक्त, सुमित्रा, डिल्लीराज र नजिर मियाँलाई सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

त्यस्तै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिससमेत गरिएको उनले बताइन्। उनका अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको हो।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघ र प्रदेशबीच आवश्यक समन्वयका लागि पदमुक्त गरिएको बताए। 'प्रदेश र संघबीच आवश्यक समन्वय हुन जरुरी छ। प्रदेशहरूमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने काम भइरहेको छ। समन्वय सहज होस् भनेरै यसो गरिएको हो,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.