लघुवित्त खारेजको माग गर्दै पीडितले गरे चक्रपथमा 'मार्चपास'

लघुवित्त खारेजको माग गर्दै पीडितले गरे चक्रपथमा 'मार्चपास'
सुन्नुहोस्

काठमाडौं : मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौंमा मार्च पास गरेको छ । लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौंको रिङरोडमा मार्चपास गरेका हुन् । 

null

नेपालका विभिन्न क्षेत्रबाट पैदल उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर,सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर,आम गरिब किसानलाई निशुल्क ऋणको व्यवस्था गरलगायतका नौ बुँदे माग अघि सारेका छन् ।

nullलत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ ।

null

तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरुको गुनासो छ । 

null

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.