आम्दानीको स्रोत मह शिकार

आम्दानीको स्रोत मह शिकार
म्याग्दीको अन्नपूर्ण–५ स्वाँतको भिरमा मह शिकार गरिँदै । तस्बिर सौजन्य : सुरेन गुरुङ
सुन्नुहोस्

बेनी : म्याग्दीका भिरपहरामा गरिने मह शिकार आयआर्जन र पर्यटन प्रर्वद्धनको माध्यम बन्न थालेको छ। परम्परागत समाजमा घरायसी उपभोगका लागि गरिने मह शिकार पछिल्लो समय पर्यटन प्रर्वद्धनको माध्यम र आयआर्जनको स्रोत बनेको हो। 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महशिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ताहरु जंगलमै पुग्न थालेपछि ग्रामिण क्षेत्रको आयआर्जन वृद्धिमा सहयोग पुगेको बताएका हुन्। 

‘अक्करे भिरमा जोखिम मोलेर गरिने महशिकार बसन्त याममा धवलागिरी चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकको लागि आकर्षण बनेको छ,’ उनले भने ‘अत्याधिक माग हुने भिरमह बिक्री गरेर शिकारीहरुले आयआर्जन पनि गरेका छन्।’

केही दिनअघि मंगला गाउँपालिका–१ थाइवाङको भिरमा ३०० लिटर मह निकालेका धवलागिरी गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाईजाको १० जनाको टोलीले यसै हप्ता खोरियाको महभिरमा ३० लिटर मह उत्खनन् गरेको छ। पुर्व जनप्रतिनिधिसमेत रहेका पाईजा ३० वर्षदेखि महशिकार गर्दै आएका छन्।  

स्वाँतमा लोकबहादुर पाईजाको टोलीले १०० लिटर मह निकालेको जनाएको छ। धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले महशिकार गरेर गाउँका बेरोजगारहरुलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए। 

१ वटा महशिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन्। म्याग्दीका महशिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर महशिकार गर्न बोलाउने गरेका छन्। भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ। भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुण्डिएर मह निकालिने खोरियाको मह शिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए।   

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो। म्याग्दीमा प्रति लिटर २ हजार ५०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँका दरले भिर मह बिक्री हुने गर्छ। 

स्वादिलो,स्वास्थ्यका लागि हितकर र शक्ति प्रर्वद्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताए। 

‘गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जंगलमै आउँछन,’ उनले भने ‘भिर महलाई बजारको समस्या छैन्।’ स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ। 

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँढिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्‍याउनुपर्छ। जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन्। 

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ। मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरी गाउँपालिका–२ खोरीयाको महशिकारी टोलीका सदस्य मनबहादुर चोचाङ्गीले बताए। 

भिरबाट निकालिएको महलाई प्रसोधन र भण्डारणका लागि उपकरणको आवश्यकता रहेको उनले बताए। महको बजारीकरण र गुणस्तर परीक्षण गर्नुपर्ने पनि आवश्यकता देखिएको छ। मह शिकारलाई आधुनिक र व्यवस्थितसँग सुरक्षित पनि बनाउनुपर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.