सरकारसँग जनताले आशा गर्ने ठाउँ नभेटेपछि युवाहरु देश छोड्न थाले : एमाले

सरकारसँग जनताले आशा गर्ने ठाउँ नभेटेपछि युवाहरु देश छोड्न थाले : एमाले
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले वर्तमान सरकारबाट जनतामा व्यापक निराशा छाएको बताएको छ। बुधबार प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारबाट आशा नभएको भन्दै युवाहरु विदेशिन थालेको दाबी गरेका हुन्।

उनले भने,‘मुलुकको अवस्था कहाली लाग्दो हुँदै गएको छ। वर्तमान सरकार र नेतृत्वबाट जनतामा व्यापक निराशा छाएको छ। जनताले आशा गर्ने ठाउँ कहि पनि भेट्न सकेको छैन। त्यहि कारणले आफ्नो आत्मविश्वास गुमाएर युवाहरु देश छाडेर विदेश भाग्नेक्रम सुरु भएको छ।’ 
उनले भने,‘जसरी एउटा एउटा सुक्यो भने चराहरु अर्को हरियो रुखमा जान्छन्। त्यसरी यो देशमा मेरो भविश्य छैन भन्ने ठानेर मान्छे पलाएन हुने ठाउँमा अहिले परिस्थिति पुगेको छ। यो यथार्थको जगमा उभिएर गरेनौं भने सहि ठाउँमा पुग्न सकिँदैन।’

उनले सरकार गम्भीर बनेर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताए। गिरीले गैह्र जिम्मेवारी पनको कारणले गर्दा संसदमा एक वर्षको अवधिमा एउटामात्रै ऐन दिएको बताए। 

संसदमा कार्यतालिका बनाएर अगाडि बढ्ने सचिवालयको प्रस्ताव र योजना राम्रो रहेको उल्लेख गरे।‘तर, कार्यतालिका बनाउँदैमा संसद व्यवस्थित रुपले अगाडि बढ्छ । संसदका बैठक प्रभावकारिता हुन्छन् भन्नेपनि होइन। यसमा सरकारले सहयोग गर्नुपर्‍यो ।’उनले भने,‘संसदमा शून्य समय र विशेषका लागि मात्रै बैठक आयोजना गर्ने, सरकारले समयमा संसदमा विधेयक र बिजनेस नदिने हो भने त्यो कार्यतालिकाले मात्रै केहि हुने होला छैन। त्यसकारण  सरकार जवाफदेहि बन्नुपर्छ। संसदलाई प्रभावकारी बनाउने कुरामा सरकारको सबैभन्दा ठूलो हुन्छ यसतर्फ सरकार जिम्मेवार बन्नुपर्छ। उनले जनतालाई असल नीति र कानुन दिनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.