पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो। 

उपाधि जितेको पुलिसले १० लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो।

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। पुलिसका लागि शंकर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए। त्यस्तै आरिफ शेखले २७,  अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एक/एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो। 
उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले  ६३ रन बनाए। त्यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन/तीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक/एक विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.