यासिनको २ गोलसहित स्विडेनको ट्युनिसियामाथि फराकिलो जित
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत स्विडेन र ट्युनिसिया समूह एफ को दोस्रो खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ ले पराजित गरेको हो।
मेक्सिको, स्टाडियो मोन्टेरीमा भएको खेलमा पहिलो हाफ २–१ को अग्रता बनाएको स्विडेनले दोस्रो हाफमा ३ गोल थप गरेको हो। स्विडेनको जितमा यासिन अयारीले २ गोल गरे।
खेलको सातौं मिनेटमा स्विडेनका लागि यासिन अयारीले गोल गर्दै टोनेसिया विरुद्ध अग्रता बनाएको हो। पहिलो प्रहार किपरले रोके । दोस्रो प्रहार डिफेन्डरले डिफेन्ड गरे । ट्युनिसियाका डिफेन्डरले डिफेन्ड गरेर फर्काएको बलमा तयारीले उत्कृष्ट फिनिसिङ सहित अग्रता दिलाए। खेलको १३औं मिनेटमा ट्युनिसियाले बायाँ तर्फबाट निकै राम्रो प्रहार गरेको थियो तर प्रहारसँगै किपरले उत्कृष्ट बचाउ गर्दै बराबरी गोल रोके। खेलको ३०औं मिनेटमा स्विडेनका लागि एलेक्सजेन्डर इसाकले बायाँ तर्फबाट डिफेन्डरलाई बिट गर्दै दोस्रो बारमा उत्कृष्ट फिनिस गरे। यो स्विडेनको लागि दोस्रो गोल हो।
खेलको ४३ औं मिनेटमा ट्युनिसियाले स्विडेन विरुद्ध गोल फर्कायो। ट्युनिसियाको लागि डिफेन्डर ओमर रेकिकले हेडर मार्फत गोल गरेका हुन्। यो नै स्विडेनविरुद्ध ट्युनिसियाको १ मात्र गोल रह्यो।
खेलको ५९ औं मिनेटमा स्विडेनका स्ट्राइकर भिक्टर ग्योकेरेसले डिफेन्डरले क्लियर गर्न नसकेको बल खोस्दै वान बाइ वानमा गोल गरे।मैदान छिरेको १८ सेकेन्डमा म्याटियास स्वानबर्गले स्विडेनको लागि चौथो गोल गरे । खेलको ८४ औं मिनेटमा स्विडेनको लागि चौथो गोल गरे। सुरुमा यो गोल अफसाइड साबित गरिएको थियो। तर पछि भिडियो रेफ्रीले ८६ औं मिनेटमा यो गोल आधिकारिक घोषणा भएको थियो।
खेलको निर्धारित ९० मिनेटको समयमा ६ मिनेट इन्जुरी समय थप गरिएको थियो। थप गरिएको अन्तिम मिनेटमा यासिन अयारीले उत्कृष्ट फिनिस गरे। स्विडेनका लागि सुरुवाती र अन्तिम गोल उनकै नाममा रह्यो। ट्युनिसियन मूलका अयारीले गोलपछि निकै ठूलो सेलिब्रेसन गरेनन्। बरु मैदान ढोगे। खेलमा जित निकालेसँगै स्विडेन समूह एफ को शीर्ष स्थानमा रहेको छ। जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अङ्क बाँडेपछि स्विडेन स्पष्ट ३ अङ्कसहित समूह यसको शीर्षस्थानमा बसेको हो।
आज भएको समूह एफ को पहिलो खेलमा जापान र नेदरल्यान्ड्सले २–२ बराबरी खेलेका थिए। दोस्रो खेलमा समूह इ मा रहेको आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !