कतारमा प्रतिष्ठित कम्पनीमा काम लगाइने भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको इमाडोलका २४ वर्षीय मनोज कुमार साह रहेको प्रहरीले जनाएको छ।
पीडित डम्बर कुमार पाहिकलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै दुई लाख रकम लिएर फरार भएपछि साहविरुद्ध प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा साहलाई इमाडोलबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति २ लाख ९० हजार रुपैयाँ लाग्ने ,त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाइ पीडित पाहिकबाट उक्त रकम लिइ फरार भएका थिए।
साहलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !