आइसिसी यु–१९ विश्वकप : नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौं : आइसिसी यु–१९ विश्वकपमा टस जितेर नेपालले ब्याटिङ रोजेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानलाई नेपालका कप्तान देव खनालले बलिङको निम्तो दिएका हुन्।
नेपालले पहिलो खेलको टोलीबाट तीन जना परिवर्तन गरेको छ। ओपनर दीपक बोहोरा, दीपक डुम्रे र स्पिनर तिलकराज भण्डारीको स्थानमा विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई टोलीमा समावेश गरिएको छ।
नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछ। पहिलो खेलमा न्यूजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो। त्यसैगरी पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो। एसीसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको थियो।
नेपाली टोली :
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता
प्रतिक्रिया दिनुहोस !