युट्युबले समग्र पत्रकारितालाई अगुवाइ गर्न सक्छ : काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत् पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको बताएका छन्।
अहिले नेपालको पत्रकारितालाई अगुवाइ गर्न युट्युबमार्फत् गरिने मर्यादित पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। बिहीबार काउन्सिलको आयोजनामा सञ्चारग्राममा भएको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरूरी भएको बताए।
‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने त पत्रकारिताका मूल्य मान्यताअनुसार चल्नुस् र पत्रकारिता कर्म गर्नुस्। कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौं,' उनले भने। प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत् पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै उनले युट्युबका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताए।
प्रतिक्रिया दिनुहोस !