देश गम्भीर दुर्घटनातिर जाँदैछ : अमरेश सिंह

देश गम्भीर दुर्घटनातिर जाँदैछ : अमरेश सिंह
सुन्नुहोस्

काठमाडौं : रास्वपा सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।

उनले  व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गरे । सत्ता पक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उनले जोड दिए । उनले देश, जनता र लोकतन्त्र नै समाप्त भएमा कसैको अस्तित्व नरहने धारणा राखे । 

सांसद सिंहले संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र घोचपेच बन्द गरी एकजुट हुन आग्रह गर्दै देश अहिले गम्भीर अवस्थामा रहेको बताए । उनले देश गम्भीर दुर्घटनातर्फ गइरहेको बताएका छन् । सबै दल मिलेर एउटा साझा राष्ट्रिय मुद्दा तय गर्न सके देश, संविधान र लोकतन्त्रको रक्षाका साथै जनताको निराशालाई आशामा बदल्न सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.