वडाध्यक्षले श्रीमतीको नाममा निकुञ्जमै खोले बगैँचा

वडाध्यक्षले श्रीमतीको नाममा निकुञ्जमै खोले बगैँचा

बाजुरा : खप्तड छेडेदह गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर रावलले खप्तड राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर आफ्नो निजी ओखर र स्याउ बगैँचा बनाएका छन्। अध्यक्ष रावलले खप्तड राष्ट्रिय निकुञ्जभित्रको वन क्षेत्र अतिक्रमण गरी श्रीमतीका नाममा रहेको खप्तडबाबा बहुउद्देस्यीय कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्दै आएको स्रोतले जनाएको छ। 

निकुञ्ज क्षेत्रसँगै जोडिएको केही भाग अध्यक्ष रावलको नाममा भए पनि बाँकी भू-भाग खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराले जनाएको छ। नाप जाँच गर्दा अतिक्रमण भएको देखिएपछि स्थलगत अवलोकन गरेर रिपोर्ट पठाएकाले अनुसन्धानको क्रममा रहेको छ। खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयलाई अतिक्रमित वन क्षेत्रको चार किल्लासहित क्षेत्रफल एकीन गर्न जिल्ला नापी कार्यालय बाजुरालाई अनुरोधसमेत गरेको छ। 

जिल्ला नापी कार्यालय बाजुराका अनुसार खप्तड राष्ट्रिय निकुञ्जको प्राविधिक संयुक्त टोलीले सो अतिक्रमित वन क्षेत्रको अनुगमनसमेत गरिएको जिल्ला नापी कार्यालयका कार्यालय प्रमुख सुरेश विश्वकर्माले बताए। प्राविधिक टोलीले गरेको अनुगमनका अधारमा केही भू-भाग वडाध्यक्ष रावलको भए पनि बाँकी भू-भाग सार्वजनिक वन क्षेत्र भएको बताए। अतिक्रतिम वनको क्षेत्रफल धेरै ठूलो भएकाले नापी कार्यालय बाजुरासँग भएको प्रविधिले नाप्न सम्भव नरहेको प्रमुख विश्वकर्माले बताए। उनले भने, 'आफूसँग फिता थियो, त्यो फिताले नाप्न असभ्व भएको बताउनुभयो।' 

अध्यक्ष रावल आफ्नो श्रीमती यसोदा रावलको नामा खप्तडबाबा बहुउद्देस्यीय  कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरी सुदूरपश्चिम प्रदेश र जिल्ला कृषि ज्ञान केन्द्रबाट पटक-पटक अनुदानका कार्यक्रम ल्याएर राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा रोपिएका छन्। वर्षेजि सरकारी अनुदान लिँदै निकुञ्जलाई निजीकरण गरेर फर्म सञ्चालन गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। 

उजुरीपश्चात खप्तड राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै वडाध्यक्ष रावलकी श्रीमती यसोदा रावलले खप्तडबाबा बहुउद्देस्यीय कृषि तथा पशुपन्छी फर्मको क्षेत्रफलको जाँचबुझका लागि पत्राचार गरेको छ। खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराका अनुसार फर्म सञ्चालन गरेको जमिन केही आफ्नो नाममा र अरु सबै जमिन खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती वन क्षेत्र फडानी गरी बनाइएको सूचना प्राप्त भएको जनाएको छ। सो जंगल फडानी गरी ओखर र स्याउ खेती गरेको फिल्ड निरीक्षण गर्दा फर्मले चर्केको जमिन एकीन गर्न नापी कार्यालयलाई अनुरोध गरेको जनाएको छ। 

उच्च खनत्व नमूना फलफूल तथा बगैँचा स्थापन हिमाली क्षेत्र कार्यक्रमअन्तर्गत अध्यक्ष रावलकी श्रीमती यसोदा रावलको नाममा रहेको खप्तडबाबा बहुउद्देस्यीय कृषि तथा पशुपन्छी फर्मका नाममा आर्थिक वर्ष २०७९-२०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले सिधै नाम किटान गरेर २० लाख २ हजार ९ सय ४८ रुपैँया विनियोजन भएकोमा १५ लाख  २ हजार ६ सय ८९ रुपिया भुक्तानी भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जानकारी दिएको छ।

स्याउ खेती कार्यक्रमअन्तर्गत सोही क्षेत्रमा रहेको अर्को वडाध्यक्ष रावलका दाई कृष्ण रावलको सचिदानन्द बहुउद्देस्यीय कृषि तथा पशुपन्छी फर्मको नाममा अर्थिक वर्ष २०७९-२०८० मा रु १५ लाख ९५ हजार सुदूरपश्चिम प्रदेश सरकारले सिधै तोकेर बजेट विनियोजन गरेकोमा कामको आधारमा ७ लाख ३० हजार भुक्तानी भरिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.