एमाले बाधक बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फेरि लिन पाएनन् विश्वासको मत

एमाले बाधक बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फेरि लिन पाएनन् विश्वासको मत
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको छ। एमालेले बझाङबाट उपनिर्वाचन जितेका प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीको सपथ नहुँदासम्म विश्वासको मत नदिने भनेपछि सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको हो।

सोडारीले शुक्रबार विश्वासको मत लिने भन्दै संसद बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका थिए। सभामुखले पनि शुक्रबार ५ बजेका लागि संसद बैठक आह्वान गरेका थिए। एमालेको अडानमा कारण शुत्रबारको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको थियो।

आज (शनिबार)का लागि बोलाइएको बैठक पनि अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ। विश्वासको मतका बारेमा दलहरूबीच सहमति नभएका कारण शनिबारको बैठक पनि स्थगित गरिएको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले बताए।

एमालेले सुरुवातदेखि नै सोडारीलाई विश्वासको मत नदिने पक्षमा देखिएको छ। सोडारी विवादास्पद पात्र भएको भन्दै एमालेले उनको नेतृत्वको सरकारलाई मुख्यमन्त्रीका लागि समर्थन गरे पनि सरकारमा भने नजाने निर्णय नै गरेको छ। अझ एमाले सोडारीले केन्द्रीय गठबन्धनलाई चुनौती दिँदै कांग्रेस र उन्मुक्तिको रेशम पक्षसँग मिलेर लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको भन्दै झनै चिढिएको छ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलल र प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल दुबै जना सोडारीले सपथ लिने दिन शनिबार विहानै संघीय राजधानी गएका छन्। दुबै जनालाई एमाले अध्यक्ष ओलीले बोलाएको बताइएको छ। एमाले अध्यक्ष ओलीलाई पनि सोडारी मुख्यमन्त्री भएको चित्त बुझेको छैन। एमालेले मुख्यमन्त्रीमा समर्थन गर्नुअघि सोडारीको ठाउँमा एकीकृत समाजवादीकै अरु प्रदेश सभा सदस्यलाई अघि सार्न आग्रह गरेको थियो। तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीबाटै मुख्यमन्त्रीमा सोडारीको नाम पास गराएका थिए। 

अहिले सोडारीको विश्वासको मत एमाले र एकीकृत समाजवादीले प्रतिष्ठाको विषय बनाएका छन्। सोडारी वैशाख ६ गते एमालेका १०, माओवादीका १०, समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीको रञ्जीता पक्षका २ र स्वतन्त्र १ गरी २७ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेशमा बहुमत संख्या पनि २७ नै हो। बझाङमा एमाले जितेपछि अहिलेको गठबन्धनसँग २८ जनाको बहुमत हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.