मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर छैनन् : उपराष्ट्रपति यादव

मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर छैनन् : उपराष्ट्रपति यादव
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय भएको बताएका हु्न्। 

शनिबार काठमाडौंमा नेपाल डाइबिटिज संस्थाले आयोजना गरेको डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले समयमा नै र रोगको परीक्षण हुन नसक्नु र जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय भएको बताएका हुन्। उनले  मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेको भन्दै चिन्ता व्यक्त गरे।

उपराष्ट्रपति यादवले डरलाग्दा तथ्याङ्कहरुले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्दै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भीर बन्न आग्रह गरे। उनले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डाइबिटिज नेपाल’ जस्ता संस्थाहरु ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताए। सरकारले चाहेर पनि कतिपय काम गर्न नसकिरहेको अवस्थामा यस्ता संघसंस्थाले गर्ने शिविरहरु महत्वपूर्ण हुन सक्ने उनको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ,जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.