मधेससँग मेरो लभ छ, मैले त्यसै भनेको होइन : प्रधानमन्त्री दाहाल

मधेससँग मेरो लभ छ, मैले त्यसै भनेको होइन : प्रधानमन्त्री दाहाल

मलंगवा : नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनतालाई पहिचान र सम्मान दिने पार्टी माओवादीमात्र रहेको  बताएका छन्। 

विद्यालय भवनको शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सर्लाहीको बलरा नगरपालिका वडा नं. ८ गडहिया आएका प्रधानमन्त्रीले शोषण उत्पीडनबाट मधेस मुक्त नभएसम्म देश मुक्त हुन नसक्ने बताए। पटक-पटक ठगिएका मधेसी जनताको माओवादीप्रति विश्वास बढेको र यसले पार्टीलाई दरिलो बनाउने काम गरेको उनको भनाइ छ। 

मानव विकास सूचकांकमा पछाडि परेका मधेस र कर्णालीको लागि यसपटकको बजेटमा विशेष जोड दिने उनले बताए। 'मधेसलाई शोषण उत्पीडनबाट मुक्त नगरेसम्म नेपाल मुक्त हुन सक्दैन। यो कुरा क्रान्तिको समयमा नै मैले भनेको थिएँ। क्रान्ति सफल बनाउनका लागि हजारौं मधेसी युवाले ज्यान गुमाएको छ। त्यो जिम्मेवारी बिर्सेको छैन। त्यही भएर मैले मधेससँग मेरो लभ छ। प्रेम छ भनेको थिएँ,' उनले भने। मधेस प्रदेशको सबै जनताको मुक्ति, पहिचान, सम्मानका निम्ति फेरि एकचोटी माओवादीलाई माया गर्नु भनेर आग्रह गरेका थिए।

माओवादी पार्टी बहुमत नआएसम्म देशको मुक्ति हुन सक्दैन। आर्थिक विकास, साँस्कृति विकासका निम्ति बहुमतका साथ संसदमा माओवादीलाई लग्नुपर्ने आवश्यक्ता रहेको उनले बताए। 'शान्ति पक्रियामा आएर पहिलो पटक २०६४ मा चुनाव लडेका माओवादीलाई मधेसले राम्रो मत दिएको थियो। मधेसी जनतासँगको सम्बन्ध राम्रो बन्दै गएको थियो। देशका दलाल, समान्तहरू बिच्छिप्त बनेका थिए। मधेसीसँगको सम्बन्ध मजबुत बन्दै गएपछि उनीहरू षड्यन्त्र गर्न थाल्यो। मधेसमा कमजोर पार्नका लागि गौर हत्या काण्ड गर्‍यो,' उनले भने।
 
मधेसमा विकास निर्माणको कामलाई गति दिन सक्छ भन्दै मधेशवादी दलसँग दरार पैदा गर्न ती षड्यन्त्रकारी समान्तरूरु लागेको उनको आरोप छ। 'मधेसी जनतालाई मुक्त हुन नदिनका लागि ठूलो षड्यन्त्र गर्‍यो। माओवादीप्रति मधेसी जनतामा निराशा नआओस भनेर सिरहाबाट मैले चुनाव लडेको थिएँ। 
लाखौं युवा नागरिकताविहीन थियो। त्यो ऐन संशोधन गरेर मधेसका युवालाई पहिचान र सम्मान दिने काम माओवादीले गरेको छ,' उनले भने। 

उनले आगलागी पीडितलाई सरकारले तत्काल ५० हजार दिने निर्णय गरेको र पुनःस्थापनाका लागि ३ लाखसम्म दिने नीति ल्याउन लागेको बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.