सोलुखुम्बुको एक गोठमा आगलागी, बालकको मृत्यु

सोलुखुम्बुको एक गोठमा आगलागी, बालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीबार सोलुदुधकुण्ड नगरपालिका २ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमै जलेर मृत्यु भएको हो। 

बिहीबार सााँझ अन्दाजी ५ बजेको समयमा गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएकी र मामा दाछिरी चौरी लिन जंगल गएको अवस्थामा आगलागी भएको प्रहरी निरीक्षक शाहले बताए। 

आगोले जलेर बालकको शव चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.