भारतमा मिश्रित आयुर्वेदिक सिरप खाँदा ५ जनाको मृत्यु

भारतमा मिश्रित आयुर्वेदिक सिरप खाँदा ५ जनाको मृत्यु
सुन्नुहोस्

नयाँ दिल्ली : गुजरातमा मिसावट भएको आयुर्वेदिक सिरप पिएर पछिल्ला दुई दिनमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य दुई जनालाई अस्पताल लगिएको गुजरात प्रहरीले जनाएको छ।

खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लाको हो।

खेडाका प्रहरी उपरीक्षक राजेश गढियाले गाउँलेको रगत परीक्षणमा उक्त सिरपमा मिथाइल अल्कोहल मिसाइएको प्रष्ट भएको बताए ।

उनले भने, 'विगत दुई दिनमा सिरप पिएर पाँच जनाको मृत्यु भएको छ। दुई जनाको उपचार भइरहेको छ। हामीले सोधपुछका लागि एक पसलेसहित तीन जनालाई हिरासतमा लिएका छौँ।'

मिथाइल अल्कोहल एक विषाक्त पदार्थ हो। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.