फ्रान्समा कैदीहरूको भ्यानमा आक्रमण : २ प्रहरीको मृत्यु, कैदीहरू फरार

फ्रान्समा कैदीहरूको भ्यानमा आक्रमण : २ प्रहरीको मृत्यु, कैदीहरू फरार
तस्बिर : बीबीसी।
सुन्नुहोस्

पेरिस : फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण भएको छ। यस हमलामा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका छन्।

मंगलबार फ्रान्सको नर्मन्डी क्षेत्रमा यो आक्रमण भएको हो। यी बन्दीहरूलाई अदालतबाट कारागार लगिएको थियो। आक्रमणपछि कैदीहरू घटनास्थलबाट फरार भएका छन्।

यस आक्रमणमा अन्य तीन जना पनि घाइते भएका छन्। फ्रान्सका कानुन मन्त्री एरिक डुपुय मोरेट्टीले यस आक्रमणमा तीन जना गम्भीर घाइते भएको बताएका छन्।

प्रहरीमाथि भारी हतियारले आक्रमण भएको मन्त्रीले बताए। यस हमलापछि सयौं प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन्। बीबीसी
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.