प्रतिबन्धपछि फेरि इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारीमा अमेरिका

प्रतिबन्धपछि फेरि इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारीमा अमेरिका
तस्बिर : बीबीसी।
सुन्नुहोस्

वासिङटन डिसी : ह्वाइट हाउसले कंग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको छ । एक अधिकारीले यसको पुष्टि गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन्।

कंग्रेसका एक कर्मचारीले यो योजनाको बारेमा बताए। यो योजना अमेरिकी कांग्रेसबाट पारित हुन आवश्यक छ।

गत हप्ता मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गरिने बताएका थिए।

इजरायली ट्याङ्कहरू मङ्गलबार दक्षिण-पूर्वी रफाह र त्यहाँभित्र प्रवेश गरेको प्यालेस्टाइनीहरूले समाचार एजेन्सीले रोयटर्सलाई बताएका छन्।

बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोके बताएका थिए। यी बमका कारण गाजाका मानिसहरू मरिरहेकोले आपूर्ति बन्द गरेको जनाएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.