सोलुखुम्बुमा स्याउ उत्पादन बढ्यो

सोलुखुम्बुमा स्याउ उत्पादन बढ्यो
सुन्नुहोस्

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा उच्च गुणस्तरको स्याउ उत्पादनमा वृद्धि भएको छ। 

पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकअनुसार जिल्लामा स्याउ उत्पादन वृद्धि हुँदै गएको देखिएको हो। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय ९३ मेट्रिकटन, २०७९/८० मा १ हजार ३ सय ९ मेट्रिकटन र ०८०/८१ मा १ हजार ३ सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ। 

जिल्लामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आईडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताए। उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरू सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ। नयाँ प्रजातिको स्याउ भित्रिएको ७ वर्षजति भयो राम्रै आम्दानी भइरहेको छ।’ 

२०७८/७९ मा २०५ हेक्टर, ०७९/८० मा २२१ र ०८०/८१ मा २३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो। उत्पादकत्व पनि क्रमशः बढिरहेको छ। आर्थिक वर्ष ०७८/७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिकटन, ०७९/८० मा ५.९२ र ०८०/८१ मा ६.३ मेट्रिक टन रहेको छ। जिल्लामा हाल २३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। 

जसमा सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छ। केही मात्रामा जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.