नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षामा कमी हुन दिने छैन : प्रधानमन्त्री

नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षामा कमी हुन दिने छैन : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन कुनै कमी हुन नदिने बताएका छन्।

बुधबार आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले  सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन  नेपाल सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी हुन नदिने विश्वास व्यक्त गरे।

'नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु,'उनले भने।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षाको दायरा विस्तार र कोषको संस्थागत तथा संरचनागत सुधारमा सरकारले उच्च प्राथमिकताका साथ कार्य गरेकाले सामाजिक सुरक्षा कोष र यसबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पूर्ण कार्यान्वयनमा आउने दावी गरे।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई समेत सामाजिक सुरक्षाको योजनाभित्र आबद्ध गराउने कार्यको शुभारम्भ गराउने घोषणा गर्न पाउँदा गौरवान्वित महशुस भएको बताए।
इतिहासमा बिरलै प्रधानमन्त्रीहरूले राष्ट्रको दूरगामी प्रभाव पार्ने र श्रमिकहरूको अधिकार स्थापना गर्ने प्रणाली स्थापनाको साक्षी हुने अवसर पाउने गरेको भन्दै उनले त्यस्तो प्रधानमन्त्रीमध्ये आफू पनि एक भएको जिकिर गरे। उनले यसलाई इतिहासले सुम्पेको जिम्मेवारीको रुपमा लिएको बताए। 

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमले सरोकारवालामा उत्प्रेरणा जगाउँदै अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले राष्ट्र निर्माणका लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने साथै भावी पुस्ताका लागि गौरवपूर्ण इतिहास बन्नसक्ने यस्ता योजनाहरूको कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए। दाहालले यो योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाख बढी श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी गराउने सरकारको योजना गरेको बताए।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.