जनयुद्ध दिवसमा बिदा दिने निर्णयमा कारण देखाउ आदेश

जनयुद्ध दिवसमा बिदा दिने निर्णयमा कारण देखाउ आदेश
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले बुधबार सरकारले बिदा दिने निर्णय गरेकोमा कारण देखाउ आदेश जारी गरेको हो। 

राज्य र माओवादीबाट पीडितहरू ज्ञानेन्द्र आरण, पूर्णप्रसाद पौडेल, गंगामाया अधिकारी, रिता कार्की कल्याण बुढाथोकीलगायतले फागुन १ मा बिदा दिने निर्णयविरुद्ध रिट दायर गरेका थिए। रिट निवेदनमा सरकारको निर्णयको खारेज गर्न माग गरिएको थियो। 

गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। माओवादी सशस्त्र द्वन्द्व सुरु भएको फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउन सार्वजनिक बिदाको निर्णय गरिएको थियो। सर्वोच्चले रिट निवेदनलाई अग्राधिकार दिएको छ। यो रिटलाई प्राथमिकतामा राखेर सुनुवाइ गरिने छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.