निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीसँग ६ बुँदे सहमति

निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीसँग ६ बुँदे सहमति
सुन्नुहोस्

काठमाडौं : निजामती कर्मचारी अस्पतालका कर्मचारी र अस्पताल प्रशासनबीच ६ बुँदे सहमति भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलमा दुई पक्षबीच सहमति भएको हो। 

जसअनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया एक महिनाभित्र पेस गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधि समेत सहभागी गराउने सहमति भएको छ। 

त्यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तियस्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई मध्यनजर गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनको आधारमा करारमा कार्यरत (परिक्षामा सहभागी नहुनेसमेत) स्वीकृत करार कार्यविधिबमोजिम हालः चिकित्सक/कर्मचारी प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारको लागि सम्बद्ध सरोकारवालाहरूको सहभागितामा क्वालिटी सर्कल बनाई कार्यान्वयन गर्ने, ज्यालादारी/सेसनमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

त्यस्तै निजामती कर्मचारी अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कमर्चारीमैत्री अस्पतालमा रुपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने र निजामती कर्मचारी अस्पतालमा हालः भइरहेको अनसन, तालाबन्दी, व्यानरलगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने सहमति पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.