मानसिक रोगसम्बन्धी भ्रम हटाऔं

मानसिक रोगसम्बन्धी भ्रम हटाऔं
सांकेतिक तस्बिर
सुन्नुहोस्

नेपाली समाजमा समाजमा  शारीरिक झैं मानसिक रोग सम्बन्धमा पनि धेरै भ्रमहरू रहेका छन्। मानसिक रोगसम्बन्धी गलत भ्रम एवं धारणाले बिरामीहरूलाई झन् समस्यामा पारिरहेको हुन्छ। कतिपय लोककथा र गलत जानकारीले बिरामीलाई समस्या पारिरहेको हुन्छ।

मानसिक रोग जैविक, वंशाणुगत, मनोवैज्ञानिक, वातावरणीय र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाको परिणाम हो। तर, मानसिक रोगका बारेमा अनेक भ्रमहरू  छन्। भ्रमहरूका कारण बिरामीहरू अपमानित महसुस गर्न बाध्य भएका छन्।

मानसिक समस्या बेहोरिरहेकाहरूलाई  व्यक्तिहरूलाई अल्छि, बेकारको, मुर्खको संज्ञा दिने गरिएको छ। भूतहरूको नियन्त्रणमा रहेको, भगवान्ले दण्ड दिएको, काम गर्न नसक्ने भन्दै हेपाहाको नजरबाट हेर्ने गरिएको पाइन्छ। 

मानसिक रोगको उपचार छैन भन्ने भ्रम पनि गाउँघरमा रहेको छ। एकपटक मानसिक रोग लागेपछि कहिल्यै निको हुँदैन भन्ने भ्रम व्याप्त छ।  समयमै उपचार पाएको अवस्थामा मानसिक रोग पूर्णरूपमा निको हुन्छ भन्ने सन्देश  लक्षितसमूहसमक्ष पुग्न सकेको छैन। मानसिक विकारहरू औषधि र मनोचिकित्साको संयोजनबाट व्यवस्थापन गर्न सकिन्छ। 

(डा. शर्मा मनोचिकित्सक हुन् )

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.