क्षयरोगका कारण गाउँमा त्रास बढ्दो

क्षयरोगका कारण गाउँमा त्रास बढ्दो
सुन्नुहोस्

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकामा क्षयरोगका बिरामी बढ्दै गएका छन्। पछिल्लो समय गाउँमा क्षयरोगका बिरामी बढेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। तथ्यांकका आधारमा नरहरिनाथ गाउँपालिका-७ उच्छब गाउँमा सम्भावित क्षयरोग बिरामीहरूको स्क्रिनिङ तथा एकीकृत स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गरिएको छ। 

क्षयरोगका बिरामीहरूलाई लक्षित गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरूको स्वास्थ्य जाँच गरिएको शिविरमा खटिएका डाक्टर जितेन्द्र महतोले बताए । उनले भने, ‘अल्ट्रा साउन्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा, बहिरंग सेवामार्फत गाउँमै आएर बिरामीको उपचार गरेका छौं। क्षयरोग लागेका बिरामीहरू अझै समाजमा खुल्न नसक्नुले गाउँमा त्रास बढ्नुका साथै थप समस्या हुँदै गएको छ।’ 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका क्षयरोग, कुष्ठरोग सम्पर्क व्यक्ति जगदीश नेपालीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा जम्मा ५७ जना खुलेका बिरामी छन्। समाजमा लुकेर बसेका खुल्न नचाहाने, जिल्ला बाहिरबाट औषधि खानेहरूका कारण क्षयरोग भयावह हुँदै गएको छ। नरहरिनाथमा हाल ५ जना बिरामी खुलेका छन्। उनीहरूले स्थानीय स्वास्थ्य चौकीबाट औषधि खाने गरेका छन् भने अन्य केहीले जिल्लाबाट र केहीले सुर्खेत तथा नेपालगञ्जबाट औषधि खाने गरेका छन्। 

नरहरिनाथ गाउँपालिका-७ लाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य शिविरमा आँखाको परीक्षण गर्दा मोतियाविन्दु भएका ३ जना, एलर्जी भएका ११ जना र अन्य आँखा सम्बन्धी समस्या भएका ४६ जनाले परीक्षण गरेको स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले बताए। उनले भने, ‘गर्भवती स्वास्थ्य जाँच परीक्षण १० जनाले गरे पनि एक जनालाई रिफर गरेका छौं। यसैगरी खकार ल्याब जाँच ५४ जना, एचआईभी जाँच ३ जना, हेपाटाइटिस बि १२ जना, युपीटी १ जना, भिडिआरयल १२ जनाले परीक्षण गरेका छन्।’

शिविरमा सहभागी स्वास्थ्य अधिकृत लंकबहादुर बटालाले भने, ‘बहिरंग सेवा एक सय ९० जनाले लिए। सोमध्ये हाईपरटेन्सन ५ जनामा देखिएको छ। त्यसमध्ये १ जनालाई रिफर गरेका छौं। एक्सपाईलरी १२ जनामा पोजेटिज देखिएको छ।’ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्ती र क्षयरोग बढी रहेको आकलन गरिएको माल्कोट उच्छबमा स्क्रिनिङ तथा एकीकृत स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दा यहाँका नागरिकहरूले राहत पाएको बताए। उनले भने, ‘क्षयरोग पत्ता लगाउन अब गाउँगाउँमा शिविर सञ्चालन गरे मात्र यो रोगको निवारण गर्न सकिन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.