बिहेमा नाच्ने विषयलाई लिएर कुटाकुट, दुईजना घाइते

बिहेमा नाच्ने विषयलाई लिएर कुटाकुट, दुईजना घाइते
सुन्नुहोस्

विराटनगर  : मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहान कुटाकुट भएको छ । विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २:३० बजेतिर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । 

उनका अनुसार घटनामा परी एक बालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेका छन् । घाइते दुवैजना घरगाउँले हुन् । जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको डीएसपी बस्नेतको भनाइ छ । उनको ढाडमा गहिरो चोट छ । अवदेश सामान्य उपचारपछि घर फर्किएका छन् । दुवैजनामाथि हतियार प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार प्रहार गरेजस्तो देखिने बस्नेतले बताए । घटनामा संलग्न जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएका थिए । बिहेमा नाच्ने विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा हतियार प्रहार भएको हो कि हैन भनेर यकिन गर्ने काम भइरहेको छ । घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.