सहकारीको रकम घोटालामा मुछिएका गृहमन्त्री लामिछानेले भने- बचतकर्ताको पैसा फिर्ता गराइछाड्छु


काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर बचतकर्ताको पैसा फिर्ता गराउने तयारी भइरहेको बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्या समाधान गर्ने विषयमा गम्भीर छलफल भएको उनले बताए। 

गृहमन्त्री लामिछाने स्वयं सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन्। नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ। त्यसका लागि कांग्रेसले निरन्तर संसद अवरुद्धसमेत पार्दै आएको छ। संसद अवरोध हुन थालेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो। 

'सहकारीसम्बन्धी समस्याको समाधान गर्न सिंगो क्याबिनेट लाग्नुभएको छ। हिजोको बैठकमा पनि यस विषयमा गम्भीर छलफल भयो। सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं,' उनले भने।

गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति जफत गर्ने कानुन बनाएर छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए। उनले सञ्चालकका आफन्तका नाममा रहेका सम्पत्ति पनि जफत गरिने बताए। 'सहकारी सञ्चालक र तिनका आफन्तको सम्पत्ति पनि जफत गर्ने भनेका छौं। किनकि आजकल आफन्तका नाममा सम्पत्ति लुकाउने प्रचलन बढ्दो छ। आफन्तको नाममा पैसा राखेर आफू बचेँ भनेर नठाने हुन्छ,' उनले भने।

उनले सरकारले चाहे कसको नाममा कति अवैध सम्पत्ति रहेको पत्ता लगाउन सक्ने बताए। 'कोही रातारात कसरी धनी भयो। सबै खोजी हुन्छ। कानुन बनेपछि तत्काल तिनीहरूको सम्पत्ति जफत गर्ने, रोक्का गर्ने अनि बचत पैसा फिर्ता दिने काम सुरू हुन्छ,' उनले भने। 

उनले पैसा तिर्न चाहने सहकारी सञ्चालकका लागि सरकारले समन्वय गर्नेसमेत बताए। 'कसैले हामी तिर्छु भन्नेहरू पनि हुन सक्छन्। उनीहरूलाई पनि समेटेर लैजान्छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.