निवर्तमान राष्ट्रपति भण्डारीलाई राजा वीरेन्द्रसँग तुलना गर्न मिल्छ (भिडियो वार्ता)


काठमाडौं: वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले निवर्तमान राष्ट्रपति विद्या भण्डारीको शाहसिक निर्णय गरेका कारण अखण्डता र स्वाधिनता जोगिएको बताएका छन्। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै भण्डारीले नागरिकता विधेयकमा विद्यादेवी भण्डारीले चालेको कदम संविधानमा भनिएको 'प्रमुख कर्तव्य' अन्तर्गत रहेको बताए। उनले भने, 'सरकार र संसदको निर्णयमा उहाँले दायाँबाँया गर्न सक्नुहुन्न तर ती कर्तव्य मात्र हुन् । 'प्रमुख कर्तव्य' पालाना गर्नमा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छ। विद्यादेवी भण्डारीलाई राजा वीरेन्द्रको श्रेणीमा राख्नु पर्छ। उहाँको तुलना वीरेन्द्रसँग गर्न कन्जुस्याँई गर्न पर्दैन। उहाँले राष्ट्रपतिका रूपमा गरेका कामकारबाहीले उहाँ कार्यकारी पद अर्थात प्रधानमन्त्री हुन उपर्युक्त देखिन्छ। तर केही पुस्तक निकालेर केही समयपछि पूर्णकालीन राजनीतिमा आएको राम्रो।'

विगतका मात्र हैन अहिलेका र अबका जोकोही राष्ट्रपति पनि विवादित बन्ने उनको तर्क छ। उनले भने, 'राष्ट्रपतिले चाहँदा सुविधा र सवारीका नाममा हुने चाकडी रोकिन्छ। तर कतिपय अधिकार प्रयोग गर्ने नाममा देखिएको विरोधाभास अदालतको व्याख्या र गणतन्त्र तथा संविधान संस्थागत भएपछि मात्रै सम्भव छ। राष्ट्रपति संस्था निसाना वा विरोधको केन्द्र बन्नूमा सर्वोच्च अदालतको पनि हात छ । अदालतले पनि प्राथमिकता छुट्याउन सक्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.