ओली-प्रचण्डलाई चिनियाँ राजदूतको सुझाव- तपाईँहरू नफुट्नुस्, सकेसम्म कम्युनिस्ट नेतृत्वको सरकार कायम राख्नुहोस्

ओली-प्रचण्डलाई चिनियाँ राजदूतको सुझाव- तपाईँहरू नफुट्नुस्, सकेसम्म कम्युनिस्ट नेतृत्वको सरकार कायम राख्नुहोस्
सुन्नुहोस्

सरकारको नेतृत्वकै लागि किन नहोस्, एमाले र माओवादीको गठबन्धनले चीन खुसी छ। त्यसैले चीन यो गठबन्धन कायम रहोस् भन्ने चाहन्छ।

काठमाडौं : नेपालमा कम्युनिस्ट पार्टीहरूको टुटफुटको लामै इतिहास छ। तर हरेक जुटमा भने उत्तरतिरका छिमेकी चीनले सक्रिय भूमिका खेल्दै आएको छ। 

नेपालमा राष्ट्रपति निर्वाचनले राजनीति तरंगित छ। दलहरू पनि आ-आफ्नो दाउँ हेरेर बसेका छन्। यही बेला चिनियाँ राजदूत छन् सोङ एकाएक सक्रिय भएका छन्। राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा उनको सक्रियतालाई नेपाली राजनीतिज्ञले अर्थपूर्णमा लिएका छन्। 

पछिल्ला केही दिनमै उनले नेपालका प्रमुख कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक भेटेका छन्। 

चीन चाहन्छ- कम्युनिस्ट सरकारले निरन्तरता पाओस्। यसअघि तत्कालीन नेकपा विभाजन हुँदा जसरी सरकारको नेतृत्व कांग्रेसको पोल्टामा पुगेको थियो, कम्युनिस्ट नेताहरूले त्यो गल्ती नदोहोर्‍यायोस् भन्ने चाहन्छ चीन। राष्ट्रपति निर्वाचनले कम्युनिस्ट नेतृत्वको सरकार नभाँडियोस् भनेरै चिनियाँ राजदूत छन् सोङ सक्रिय भएका हुन्। 

'उहाँ(राजदूत छन् सोङ)ले राष्ट्रपतिको विषयमा चासो देखाउनुभएको थियो। प्रधानमन्त्रीज्युले राष्ट्रिय सहमतिमै राष्ट्रपति चुनिने र त्यस सम्बन्धनमा दलहरूसँग सम्बाद भइरहेको बताउनुभएको थियो। त्यसबाहेक राजदूतज्युले कम्युनिस्ट नेतृत्वको सरकारलाई जोगाउनुपर्ने धारणा राख्नुभएको थियो'

चिनियाँ राजदूत छन् सोङ चीनको यही सन्देश लिएर बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्रीसँग राष्ट्रपतिको विषयमा चासो राखेका थिए। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दै गरेका प्रधानमन्त्री प्रचण्डलाई कम्युनिस्ट नेतृत्वको सरकारलाई जोगाइराख्न उनले महत्वपूर्ण सल्लाह दिएका थिए। 

'उहाँ(राजदूत छन् सोङ)ले राष्ट्रपतिको विषयमा चासो देखाउनुभएको थियो। प्रधानमन्त्रीज्युले राष्ट्रिय सहमतिमै राष्ट्रपति चुनिने र त्यस सम्बन्धनमा दलहरूसँग सम्बाद भइरहेको बताउनुभएको थियो। त्यसबाहेक राजदूतज्युले कम्युनिस्ट नेतृत्वको सरकारलाई जोगाउनुपर्ने धारणा राख्नुभएको थियो,' बालुवाटार स्रोतले भन्यो। उनले राष्ट्रपतिकै कारण नफुट्न आग्रह गरेका थिए। 'राष्ट्रपतिकै कारण एमाले र माओवादी फुट्नु हुँदैन भन्ने उहाँको सन्देश थियो,' स्रोतले भन्यो।

त्यसअघि राजदूत सोङ गत आइतबार (५ फागुन) एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। राजदूत सोङले अध्यक्ष ओलीलाई पनि चीनको सन्देश सुनाएका थिए। उनले चीन नेपालमा स्थायित्व चाहेको र त्यो कम्युनिस्ट पार्टीहरूको साथले नै सम्भव हुने भन्दै वाम नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए। उनले अध्यक्ष ओलीसँग राष्ट्रपतिको विषयमा पनि चासो राखेका थिए।

'राष्ट्रपतिको विषयमा चासो राख्नु स्वभाविक हो। उहाँले वाम एकतालाई जोगाइराख्न र कम्युनिस्ट नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने सबालमा आफ्नो धारणा राख्नुभएको थियो,' एमालेाक एक उच्च स्रोतले अन्नपूर्णसँग भन्यो।

राजदूत सोङको यी भेटहरू भने पहिलो होइनन्। २४ पुसमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका उनले २९ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए। त्यसलगत्तै राजदूत सोङ २ माघमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए। त्यसबखत उनीहरूबीच बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। उनले एक चीन नीतिमा नेपालको साथ चाहेका थिए। 

त्यसको दुई दिनपछि राजदूत सोङ ४ माघमा ओलीसँग पहिलो भेटवार्ता गरेका थिए। भेटमा उनले बीआरआई परियोजना कार्यान्यवन र एक चीन नीतिमा नेपाल भूमिकाबारे बुझ्न चाहेका थिए। 'यी भेटहरूको मूल सन्देश नै चीनले कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धन कायम रहोस् भन्ने हो। सरकारको नेतृत्वकै लागि किन नहोस्, एमाले र माओवादीको गठबन्धनले चीन खुसी छ। त्यसैले चीन यो गठबन्धन कायम रहोस् भन्ने चाहन्छ,' एक परराष्ट्रविज्ञले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.