विवादित छविका कर्मचारी स्वास्थ्य मन्त्रीको निजी सचिवमा !

विवादित छविका कर्मचारी स्वास्थ्य मन्त्रीको निजी सचिवमा !

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवादित छविका कर्मचारी स्वास्थ्य मन्त्रीको निजी सचिवमा नियुक्त भएका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेका लीलाराज पौडेल स्वास्थ्य मन्त्री पदम गिरीको निजी सचिवमा नियुक्त भएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत माघ १२ को पत्रअनुसार स्वास्थ्यमा सरुवा गरिएको हो। 

गत माघ १७ मा स्वास्थ्य सचिवस्तरीय निर्णयबाट मन्त्रीको निजी सचिवमा उनी सरुवा भएका हुन्। पौडेल अब नीति योजना शाखामा रहनेछन्। आयोगका सहप्रवक्ता देवीप्रसाद थपलियाले आरोप लागेको जो कोहीमाथि अनुसन्धान हुने बताए। थपलियाले अन्नपूर्णसँग भने,‘अख्तियारमा उजुरी परेको छ भने छानविन हुन्छ नै। उजुरीकै आधारमा दोषि करार गर्न मिल्दैन। तर, अनुसन्धान भने जारी रहन्छ।’

मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त कुमार बुढाथोकीले पौडेलले क्लिन चिट पाएको बारे आफूलाई जानकारी नभएको बताए। उनले अन्नपूर्णसँग भने, क्लिन चीट र सफाइबारे हामीलाई कुनै चिठी आएको छैन। यसका बारेमा हामीलाई कसैले जानकारी पनि गराएको छैन।’

पौडेल यसअघि खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा पनि निजी सचिवका रूपमा कार्यरत थिए। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएको थियो। 

यसअघि खगराज अधिकारी स्वास्थ्य मन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका पौडेल अहिले पनि पदम गिरीको सचिवालयमा रहेर काम गरिरहेका छन्। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएको थियो। 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा बसेदेखि हालसम्म पालिकाभित्र निर्माणाधीन सडक, भवनलगायतका विकास निर्माणमा उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत लाखौं कमिसन लिने गरेको उजुरीकर्ताको आरोप छ। 

पौडेलले कार्यालयको गाडी मर्मत र इन्धनमा फर्जी बिल बनाई लाखौँ रकम भ्रष्टाचार गर्ने गरेको साथै कार्यालयमा आवश्यक नै नभएका फर्निचर र स्टेसनरी सामग्री बजार मूल्यभन्दा बढीमा खरिद गरेको बिल राखी भुक्तानी गरेर व्यवसायीसँग रकम असुल्ने गरेको दाबीसमेत उजुरीमा गरिएको छ।

उनले नगरसभाबाट पारित नै नगराई योजनाहरू उपभोक्ता समिति र निर्माण व्यवसायीलाई दिएर लाखौँ रकम कमिसन लिने गरेको, अतिथि सत्कारका नाममा लाखौँ रकम नियम विपरीत कार्यालयबाट लिई भ्रष्टाचार गरेको आरोप छ।

यसैगरी आर्थिक वर्ष  ०७७/७८ मा उपभोक्ता समिति गठन नै नगरी वडाको सिफारिसबिना आफूखुसी रकम वितरण गर्दै किर्ते कागजात बनाई करोडौँ भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लागेको छ।

यस्तै मन्थली अस्पतालमा आवश्यक उपकरण र औषधि खरिद गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै ननिकाली कोटेसनमा खरिद गरी लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको, आव ०७८/७९ मा पालिकाभित्र रहेका विभिन्न फाँटहरूको रकम रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

यस्तै, अधिकृत पौडेलले मन्थली माध्यमिक विद्यालयसँग साँठगाँठ गरी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको, विद्यालयको भवन निर्माण गर्दा टेन्डर प्रक्रिया नै नगरी उपभोक्ता समितिमार्फत काम गराएर लाखौँ रुपैयाँ असुल्ने गरेको, आफ्नै कर्मचारीलाई वर्षैपिच्छे कृषि अनुदान रकम दिएर अनियमितता गरी राज्यको ढुकुटीलाई दुरूपयोग गर्दै गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको उजुरीकर्ताको दाबी छ।

पौडेलले भने नगरपालिकामा हुँदा आफूले कुनै विवादित काम नगरेको बताए। पौडेलले अन्नपूर्णसँग भने, ‘अख्तियारले मन्थली नगरपालिकालाई पत्र पठाइसकेको छ। अब मेरो सन्दर्भमा कुनै विवाद छैन। मेरो पर्सनल कुरा पनि होइन, यो त पुरानो कुरा हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.